पाल्पा, २४ जेष्ठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो ।
आख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले पुनलाई नियन्त्रणमा लिएसंगै तीन लाख रकम पनि बरामद गरेको जानकारी दिनुभयो ।
पाल्पाको पश्चिम क्षेत्रमा सीमानाबाट सेटिङ मिलाएर काठ तस्करी हुँदै आएको थियो । यस क्षेत्रका केही कर्मचारी समेत काठ तस्करीमा संलग्न हुँदै आएपनि विभिन्न शक्तिकेन्द्रको दवाबमा छुट्दै आएका थिए ।यो बिषयमा रैनदेवी छहरा गाउापालिका भने बेखबर छ प्रबक्ता बिष्णु पोखरेल संग टेलिफोन सम्पर्क गर्दा आफुहरु लाई आधिकारी जानकारी नभएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्