काठमाडौं, २३ जेठ । धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ। धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भएको छ। २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।
प्रतिक्रिया दिनुहोस्