काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकामा चार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।
दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताइएको हो ।
उहाँहरू २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष हुनुहुन्छ । काठमाडौं स्थायी ठेगाना भएका १८ र ३८ वर्षीय दुईजना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । उहाँहरु दुबैजना हाल कन्चनपुरमा रहनुभएका छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जना ३१ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्