-मनिश कार्की
– कपिलवस्तु १६ मसिंर।
माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग फोनमा कुरा भएको बताउनुभएको छ । बाम गठबन्धन प्रति भारतीय प्रधानमन्त्रि मोदी को सकारात्मक सोच रहेको हुनाले कुनै भ्रमको पछि नलागी बाम गठबन्धन लाई जिताउन प्रचण्डले आग्रह गर्नुभयो । बाम गठबन्धनको जितले भारतसंग काग्रेस सरकारको भन्दा राम्रो सम्वन्ध हुने बताउनु भएको छ । अहिले विपक्षी दलहरु ले भ्रामक रुपमा गठबन्धन ले जिते बेर्डर सिल हुने हल्ला फैलाएको हुनाले त्यस्तो हल्लाको विश्वास नर्गन उहांले आग्रह गर्नुभएको छ ।
बामगठबन्धनद्धारा मायादेवी गाउपालिका १ बर्रोहियामा आयोजना गरेको चुनावी सभा लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले अल्पमतको सरकार चलाउदा देश र जनताको बिकास नभएको कारण बाम गठबन्धन गरिएको तथा यस पटक बाम गठबन्धनले ५ बर्ष सम्म ढुक्क सरकार चलाउने दाबी गर्नुभयो । आमसभामा माओवादी नेता तथा प्रतिनिधी सभा १ का बाम गठबन्धनका उम्मेद्धवार चक्रपाणी खनाल , प्रतिनिधि सभा २ का बाम उम्मेद्धवार वृजेश कुमार गुप्ता तथा प्रदेश सभा उम्मेद्धवारहरुले आफ्ना विकासे प्रतिबद्धताहरु जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्