ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई, चारवटा बम पड्कदैमा चुनाव रोकिन्न : केपी ओली


sharan sharan
१६ मंसिर २०७४, शनिबार   ६ : ३६   बजे

काठमाडैं १६ मंसिर नेकपा एमाले का अध्यक्ष केपी ओलीले बम पड्काएर आतंकित गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
गाईघाटस्थित थारुहट रंगशालामा शनिबार संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई ,चारवटा बम पड्कदैमा रोकिन्न ।
निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ बाटोमा लाने कार्यसँग कसैले पनि खेलबाड नगर्न अध्यक्ष ओलीले चेतावनी दिए । उनले स्थिर सरकारमार्फत देशलाई राजनीतिक संक्रमणबाट मुक्त गर्ने उद्देश्यले एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी एकता गरेको बताउँदै अब बन्ने वाम सरकारले मुलुकलाई सुशासन र स्थिरता दिने दाबी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विगतमा नेपाली कांग्रेसले पटकपटक बहुमतको सरकार सञ्चालन गरेपनि मुलुकलाई स्थिर राजनीति दिन नसकेको कारण अब देशमा वाम गठबन्धनको स्थिर सरकार आवश्यक रहेको जिकिर गरे । पूर्व–पश्चिम राजमार्ग छ लेन बनाउने, पूर्व–पश्चिम रेल्वे सञ्चालन गर्ने, उद्योगधन्दा सञ्चालन र युवा स्वरोजगारमार्फत वामपन्थी सरकारले मुलुकमा विकासको कायापलट गर्ने उनको दाबी थियो । चुनावलगत्तै एमाले–माओवादी पार्टी एकता हुने उनको भनाइ थियो ।
कांग्रेसले लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै उनले अब देश विकासको जिम्मा वाम गठबन्धनको रहेको बताए ।

माओवादी केन्द्रका नेता लीलामणि पोख्रेलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने र त्यो सरकारले देशलाई नयाँ दिशामा लैजाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group