काठमाडौं, ३ असार । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था थप जटिल भएको छ।
भेन्टिलेटरमा उपचाररत उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । उनलाई हवाइ उद्दारमार्फत काठमाडौं पठाउन अस्पतालले प्रदेश सरकारसँग पहल गरेको छ। ‘उहाँको स्वास्थ्यमा सुधार आएको छैन। समस्या स्थिर र थप जटिल भएको छ। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विरामीलाई काठमाडौं पठाउन साधन नमिलेको बताउनु भएको छ । उहाले भन्नुभयो , ‘काठमाडौं पठाउनलाई साधन मिलिरहेको छैन। हामी त्यसमै जुटिरहेका छौं।’ गत जेठ ३२ गते उनमा संक्रमण पुष्टि भएको थियो। त्यसअघि नै उनी धनगढीकै एक निजी अस्पतालमा भर्ना भएका थिए। पछि संक्रमण पुष्टि भएपछि उनलाई सेती अस्पतालमा भर्ना गरिएको हो। गोदावरी नगरपालिका ४ निवासी ४६ वर्षीय उनी पेशाले बस चालक हुन्। अस्पतालका अनुसार उनी भारतीय नाका हुँदै आएका मानिसलाई बसमा क्वारेन्टिन स्थलमा पुर्याउने काम गर्थे।
प्रतिक्रिया दिनुहोस्