ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारको पटका जस्तै देश भर पट्किदै बम, पड्किएपछि घटना स्थलमा प्रहरी, राष्ट्रिय अनुसन्धान मौन


sharan sharan
१७ मंसिर २०७४, आइतबार   ८ : ३६   बजे

काठमाडौ, १७ मंसिर । दास्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए सगै शुरक्षित र संवेदनशिल मानिएको राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहँदा पनि गृह मन्त्रालय ले घटना कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचन विरोधी तत्व का रूपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले सन्त्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा आज सम्म पनि सार्वजनिक गरिएको छैन ।

शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रीय कमान्ड पोष्टको बैठक बस्यो । बैठकलगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समूहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन् । ‘कुन समूहले के प्रयोजनकालागी गरेका छ भन्दा पनि किन गरेको छ र त्यसलाई रोक्नु सरकारको दायित्व हो तर नेपाल सरकार अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान लगाएत का निकाय स्थानिय वा कोहीले बम छ भनेपछि मात्र थाहा पाउने गरेको घटनाले झनै रहस्यममय बनाई दिएको छ ।

उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामूहिक कामको उपजभन्दा पनि व्यक्ति केन्द्रित घटनाका रूपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए । गृहको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्रनै चुनावी प्रचारमा सभामा नजिकै बम विष्फोट हुदा समेत वेवस्ता गरे वस्नुले पनि शुरक्षा निकार्य फितलो भएको स्थानियको आरोप छ ।


१ मंसिर –नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।
२ मंसिर – भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।
२ मंसिर – रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।
२ मंसिर –तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।
१२ मंसिर – झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।
१२ मंसिर – दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।
१२ मंसिर – उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।
१३ मंसिर – उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।
१४ मंसिर – गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।
१५ मंसिर– बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।
१६ मंसिर – नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी शनिबार साँझ बम विस्फोट भएको छ । विस्फोट हुँदा लु१ज ३४२५ नम्बरको जिपमा क्षति पुगेको छ ।
आज सम्म भएका विष्फोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने धेरै घाइते भई सकेका छन् तर यसको जिम्मा कसैलेपनि लगेको छैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group