काठमाडौं, ४ असार । गण्डकी प्रदेशमा थप ४२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ), तनहुँ, मनाङ र गोरखामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या २८९ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार बिहान निकालेको बिज्ञप्ति अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ) १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपरासीका १८ जनामध्ये १५ जना मध्यबिन्दु नगरपालिकाका १९ देखि ४३ वर्ष उमेर समुहका पुरूष छन् भने १ जना गैँडाकोट नगरपालिका छन् ।
प्रतिक्रिया दिनुहोस्