काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो देखिएको बताउनु भयो ।
उहाले आज राष्ट्रियसभा बैठकमा अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताउनुभयो ।
कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ। बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो, उहाले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको दावी गर्नुभयो । उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको समेत बताउनुभयो । प्रति १० लाखमा मृत्युदर ०।७ प्रतिशत छ। यो संसारको धेरै देशको भन्दा एकदम न्यून रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्