काठमाडौं, ६ असार । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ।
कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्