ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोह्र डाक्टरको काम एक्ला प्रभुले भ्याउँदै


admin
१७ मंसिर २०७४, आइतबार   ३ : ०१   बजे

इलाम, १७ मंसिर । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ ।

नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पुर्याउनुपर्ने ५० श्ययाको जिल्ला अस्पतालमा एकजना मात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत हुनुहुन्छ ।

विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेण्डेण्टलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर शाहमाथि प्रशासनिक थप बोझ समेत थपिएको छ ।

दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, एकदेखि तीन वटासम्म सुरक्षित गर्भपतन गर्ने, एउटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुई पटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्याण्डल गर्ने सम्मका काम डाक्टर प्रभु शाहका दैनिक काम हुन् ।

आवश्यकताअनुसार इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेको उहाँले बताउनुभयो ।

विशिष्ट प्रकृतिका रोगको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई वटा गर्न उहाँले भ्याउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ, ‘यो भन्दा प्रेसर एकजना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सञ्चालन गर्न सकिने थियो ।’
सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि हाल ३७ श्यया मात्र सञ्चालनमा ल्याउन सकेको उहाँले बताउनुभयो । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ । ‘सुन्दा अचम्म लाग्नसक्छ तर सत्य नै यही हो’, डा शाहले भन्नुभयो । १५ जना नर्सको दरबन्दी भए पनि कार्यरत भने आठजना मात्र छन् ।

अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरको योगदानको मूल्यांकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताउनुभयो । उहाँले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हँुदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।

अस्पताल बाहिर फार्मेसी सञ्चालन गर्दै आउनुभएका विनोद थापा भन्नुहुन्छ, “धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।”

५० श्ययाको यस अस्पतालमा पूरा डाक्टरको दरबन्दी हुने र सबै श्यया सञ्चालन गर्न सके यहाँका बिरामी बाहिर उपचारमा जानुपर्ने बाध्यता हट्ने थियो । जिल्लावासीले तत्काल यो समस्या समाधान गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group