ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट फर्केकालाई ‘मेयर रोजगार कार्यक्रम’


shreedhar Gautam
११ असार २०७७, बिहिबार   १० : १७   बजे

बागलुङ, ११ असार ।कोभिड प्रभावित युवा र बेरोजगारीको समस्या हल गर्न बागलुङको ढोरपाटन नगरपालिकाले ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख देवकुमार नेपालीले रोजगारी सिर्जना गर्दै बेरोजगारको अन्त्यका लागि ‘मेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताउनुभयो ।

कृषि, पर्यटन, साना उद्योग तथा स्वरोजगारमूलक व्यवसायमा जोड दिने नीति नगरले लिएको छ । नागरिक स्तरमा स्वास्थ्यको सहज पहुँचका लागि नगरपालिकाले ‘गाउँगाउँमा नगर स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारीपछि स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ । विपन्न नागरिकको स्वास्थ्यमा पहुँच पु¥याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बागलुङको बजेट झण्डै एक अर्ब

कोरोना प्रभाव र सामाजिक सुरक्षा भत्ता समावेश नगर्दा बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम प्रस्ताव गरेको छ । बुधबार सातौँ नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उप–प्रमुख सुरेन्द्र खड्काले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट रु नौ करोडले घटेको विवरण प्रस्तुत गर्नुभयो ।

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै रु ९५ करोडको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुरेन्द्र खड्काले रु ९४ करोड ७७ लाख ८७ हजार ५३५ को बजेट प्रस्तुत गरेका गर्नुभएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले बजेटको खर्च भने सामाजिक विकासमा सबैभन्दा धेरै गर्ने अनुमान प्रस्तुत गरेको छ । आर्थिक विकासमा रु पाँच करोड, पूर्वाधार विकासमा रु १८ करोड र सामाजिक विकासका लागि रु ४७ करोड बजेट विनियोजन गरेको उपप्रमुख खड्काले नगरसभामा जानकारी गराउनुभयो ।

‘पूर्वाधार संरचना बीमा’

काठेखोला गाउँपालिकाले पूर्वाधार विकासका काममा ३५ प्रतिशत संरचना निर्माणको कामलाई ५० प्रतिशत पु¥याउँदै संरचनाको बीमा गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष अमर थापाले संरचनाको बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । जिल्लामा पूर्वाधार संरचनाको बीमा गर्ने यो नै पहिलो स्थानीय तह हुनेछ ।

पूर्वाधारको संरचना बीमामा सहभागी हुँदा त्यसको क्षतिपूर्ति दिलाएर पुनःनिर्माणमा सहज हुने भएकाले पूर्वाधार संरचना बीमा कार्यक्रम लागू गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड २० लाखको बजेटसमेत सातौँ गाउँसभामा प्रस्तुत गरेको छ । जिल्लाको बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँ कार्यपालिकाको भवन र सबै वडा कार्यालयका भवन निर्माण गर्ने भएको छ ।

बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिकाले उत्पादनमा जोड दिँदै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको हो । आगामी आर्थिक वर्षका लागि बडिगाडले रु ५३ करोड दुई लाख ६९ हजार ७४८ को बजेट ल्याएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पशुविकास कार्यक्रमको लागि समान बजेट विनियोजन गरेको छ ।

ताराखोलाको बजेट ३२ करोड ५४ लाख

आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ताराखोला गाउँपालिकाले रु ३२ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधबार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गर्नुभयो ।

‘स्वदेश फर्केका युवा लक्षित कार्यक्रम’

गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवा लक्षित कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा गैरेले आगामी आर्थिक वर्षमा राजगारी सिर्जना र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी गराउनुभयो ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका कार्यक्रममा केन्द्रित नीति तथा कार्यक्रममा २५ श्ययाको अस्पताल बनाउने योजना उल्लेख छ । स्वरोजगारीमा युवालाई जोड्नका लागि सामूहिक सहकारीमा आधारित कृषि, व्यवसाय र सामूहिक कृषि फर्म संरचनाको लागि अनुदान उपलब्ध गराउने भएको छ । एक गाउँ एक बाली कार्यक्रम सञ्चालन, नागरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगित

चालु आर्थिक वर्षको केही योजनाको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्य सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौँ गाउँसभा स्थगन भएको छ । गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० निकट सदस्य सभाहलबाट बाहिरिएका थिए ।

आफू निकट उपभोक्ता समितिले निर्माण गरेका भवन र सडकका योजनामा गाउँपालिकाले भुक्तानी रोकेको भन्दै बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगन भएको हो । गाउँपालिकाले रित नपुगेको भन्दै त्यस्ता योजनाको भुक्तानी रोकेको जनाएको छ । तीन वटा योजनाको सम्पूर्ण भुक्तानी गाउँपालिकाले रोकेको भन्दै नेकपा तमानखोलाले यसअघि विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो ।

विपद् व्यवस्थापन कोषमा सवा करोड

बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ३८ करोड १३ लाखको बजेट विनियोजन गरेको छ । बुधबार सातौँ गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि पूर्वाधार विकास, जडीबुटी, वन पैदावार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिएको छ । गाउँपालिकाले बजेटको ‘ब्रेकडाउन’ भने गरेको छैन । कूल बजेटको ५० प्रतिशत पूर्वाधार विकासमा खर्चिने नीति गाउँपालिकाले लिएको छ । सामाजिक विकासमा २० प्रतिशत, आर्थिक विकासमा १५ प्रतिशत, वन तथा वातावरणमा १० प्रतिशत र न्याय तथा सुशासनमा पाँच प्रतिशत बजेट विनियोजन गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा केन्द्रित बजेटले रु एक करोड १५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको छ । कोरोनासँग सम्बन्धित गतिविधि र अन्य विपद्को समेत व्यवस्थापन हुने गरी कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषिउपज बजारीकरणलाई प्राथमिकता

बागलुङको जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको बजार व्यवस्थापनमा जोड दिएर बजेट विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषिमा जोड दिएको हो । नगरले आगामी आर्थिक वर्षका लागि रु ६३ करोड ४२ लाख २० हजार ३३७ को बजेट सार्वजनिक गरेको छ ।

सुन्तला, कागती, कफी, अलैँची र महको बजारीकरणका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको छ । किसानलाई तत्कालै नगद आर्जन गर्न सकिने बालीतर्फ आकर्षित गर्ने र बजारको समस्या भए नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने उद्देश्यले बजेटको व्यवस्था गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । ‘नगरप्रमुख पशुपालन परियोजना’का लागि रु ५४ लाख, ‘नगरप्रमुख कृषि परियोजना’का लागि रु १५ लाख नियमित कृषि कार्यक्रमका लागि रु २० लाख र नियमित पशुपालन कार्यक्रमका लागि रु ११ लाख तथा साझेदारीमा कार्यक्रम सञ्चालनका लागि दश लाखलगायत झण्डै रु दुई करोड पशुपालन तथा कृषि क्षेत्रमा बजेट विनियोजन गरेको छ । कृषि र पशुपालनबाट स्वरोजगार उत्पादन गर्दै कोभिडको महामारीपछिको आर्थिक विकासमा लागिने नगर उपप्रमुख लिला रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group