ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा


एबीसी न्यूज
८ असार २०८३, सोमबार   ९ : ४१   बजे

काठमाडौं, ८ असार ।नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै कडा विरोध जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ ।

एमालेले आइतबार जारी गरेको वक्तव्यमा साङ्गठनिक कार्यक्रमका शिलशिलामा सुर्खेतमा रहेका पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरेको छ । पार्टीले विधिको शासन, कानुनी राज्य र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाएको छ।वक्तव्यमा उपाध्यक्ष पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहेको उल्लेख गर्दै सामान्य कानुनी प्रक्रियाअनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै गिरफ्तार गरिएको जनाइएको छ। सार्वजनिक पदमा रहिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ का लागि लक्षित गरिएको एमालेको आरोप छ।

एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध एकजुट हुन देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको छ।

पार्टी अध्यक्ष ओलीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र हाम्रो पार्टी नेकपा ९एमाले० माथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu