ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना फैलन नदिन आवतजावतमा कडाइ


shreedhar Gautam
१५ असार २०७७, सोमबार   ११ : ५५   बजे

बागलुङ, १५ असार ।  क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ । एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी साधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उहाँको भनाइ छ ।

क्वारेन्टिन बाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टिन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ । क्वारेन्टिनको सुरक्षा र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाइएको छ । गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ ।

गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ । शनिबार साँझ वडा नं। ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टिनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पु¥याउने महिला र उहाँका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ । तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । उहाँका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।
यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता भेटिएका सबै सङ्क्रमित भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । जिल्लामा हालसम्म १७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या २४ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group