ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुवेला दादुरा खोप अभियान स् छुटेकालाई आज


shreedhar Gautam
२० असार २०७७, शनिबार   १० : १३   बजे

काठमाडौं, २० असार । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा छुटेकालाई आज लगाउने कार्यक्रम छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्नुपर्ने भए पनि कोभिड–१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले गरेको बन्दाबन्दीका कारण यो कार्यक्रम हुन सकेको थिएन देशका अन्य सबै स्थानीय तहले बन्दाबन्दी अगाडिनै यो कार्यक्रम गरिसकेका थिए ।

३२ वडा रहेका कामपले खोप कार्यक्रमलाई तीन चरणमा विभाजन गरी कार्यक्रम ग¥यो । विशेष समय भएकाले कारणबस छुटेका बालबालिकाको लागि कामपाले आजलाई यसम तय गरेको छ । कामपाले यही असार ११, १२ र १३ गते ३ दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा कार्यक्रम चलाइयो । यस्तै दोस्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो ।

तेस्रो चरणअन्तर्गत १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम शुरु भएको छ । यी तीनवटै चरणमा पनि छुटेका बालबालिकाको लागि कमपाले आजको समय तय गरेको हो । छुकेका सबै बालबालिकालाई सम्बन्धित वडाको वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ । महानगरभित्र एक लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ ।

रुबेला दादुराको खोप जन्मेको नो महिनादेखि माथि र पाँच वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनुपरेको कामपाका खोप अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो । सन् २०२३ सम्ममा नेपालबाट रुबेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।

काठमाडौँ महानगरले २०७४ पुस २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा, उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट ९डिपिटी, हेपाटाइटिस बी, हिब० – ३ डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा ओरल पोलियो र नौ महिना पूरा भएपछि दादुरा रुबेलाको खोप एक डोज दिएको हुनुपर्छ ।

नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसङ्ख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित र तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो सङ्ख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट वञ्चित हुने बालबालिकाको सङ्ख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको सङ्ख्या घटेर एक प्रतिशतमा झरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group