काठमाडौं, ३० असार । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच मंगलबार बालुवाटारमा छलफल सम्पन्न भएको छ । ‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भएको हो ।
उहाँहरुवीच छलफल भयो, तर, खासै ठोस निश्कर्ष निस्किएको छैन,’ नेकपा एक स्रोतले भन्यो , भोलि फेरि छलफल गर्ने कुरा छ ।’
पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद बढेपछिभ स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । बैठक रोकेर पार्टीभित्र सहमति जुटाउने प्रयास गरिए पनि नेताहरु आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्