ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अघाउञ्जेल पानी पिउन पाउँदैनन् कैदीबन्दी


shreedhar Gautam
३१ असार २०७७, बुधबार   ९ : १४   बजे

 

महोत्तरी, ३१ असार । महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् ।

जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो ।

कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको हाहाकार मच्चिएको हो । गत बुधबारदेखि सोमबार बिहानसम्मको लगातारको वर्षासँगै बगेर आउने पानी कारागारभित्र तीन फिट जमेको छ । जमेको फोहर पानीको निकास नहुँदा आपूmहरु बिचल्लीमा परेको कैदीबन्दीको गुनासो छ।

“चापाकल चलाउने ह्याण्डिल पानीले छोपेको छ, कक्षमा बाहिरबाट छिरेको हिलो लेदोमै बस्नुपरेको छ” पुरुषकक्षका एक कैदीबन्दीले भने, “खानेपानीको हाहाकारसँगै फोहर पानीले थुप्रै साथी बिरामी भएका छन् ।” रेडक्रस महोत्तरी शाखाले सोमबार उपलब्ध गराएको २०० बोतल पानीले घाँटी भिजाइरहेको कैदीबन्दीको भनाइ छ । अहिले बाहिरबाट दाताहरुले ल्याइदिने पानी नै आपूmहरुको घाँटी भिजाउने सहारा भएको कैदीबन्दी बताउँछन् ।

सोमबार मध्याह्नपछि पानी थामिएर घाम लाग्न थालेपछि कारागारभित्र पानीको सतह घट्दै गए पनि पानी अझै सुकेको छैन । यद्यपि अब कारागारभित्रका चापाकल चालु गरिने गरी काम भइरहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्र पसेको शहरको फोहरपानीले कैदीबन्दीमा फोहर खटिरा उछ्रेको, लुतोले सताएको र अन्य छालाजन्य रोग बढेको छ । फोहर पानीले भिज्दा कारागारका १५० भन्दा बढी कैदीबन्दी ज्वरो–खोकीले थलिँदै गएको कारागारका निमित्त प्रमुख ९जेलर० मक्सुधन महासेठले नै स्वीकार गर्नुभयो ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुषकक्षमा ४९५ र महिलाकक्षमा चार आश्रित बालबालिका ९आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका० सहित ५० गरी ५४५ कैदीबन्दी छन् । सधैँजसो न्यायिक निकायले कैदी र बन्दी ९थुनुवा० पठाइरहँदा बसाइ व्यवस्थापन अत्यन्त कठिन बनेको कारागारका निमित्त प्रमुख महासेठ बताउनुहुन्छ ।

“हामीले गहिरो ठाउँमा रहेको कारागारबाट बाहिर फोहर निस्कने ढल व्यवस्थापनका लागि जलेश्वर नगरपालिका र आफ्नै उपल्लो निकायलाई घच्घच्याइरहेका छौँ”, महासेठले भन्नुभयो, “तर हाम्रो कुरा सुन्ने कोही भएनन् ।” कैदीथुनुवा थपिँदै जाने र बसाइ व्यवस्थापन मिलाउन नसक्दा अब आफँैलाई उनीहरुको अस्तव्यस्त बसाइ हेरेर अपराधबोध हुने गरेको महासेठ बताउनुहुन्छ । धनुषा जिल्लामा कारागार नहुँदा यहाँ कैदी थुनुवाको चाप बढेको छ । कूल सङ्ख्यामध्ये ६५ प्रतिशतभन्दा बढी धनुषाकै न्यायिक निकायले पठाएका कैदी÷थुनुवाले कारागार खचाखच भरिएको महासेठको भनाइ छ । खासमा न्यायिक निकायले मुद्दाको छिनोफानो ९फैसला० चाँडै नगर्दा पनि चाप बढेको कारागार प्रशासनको ठम्याइ छ । कारागारमा अहिले कैदी ९फैसला भएर सजाय भुक्तान गरिरहेका० ३० प्रतिशतभन्दा पनि कम रहेका छन् ।

यता थुनुवा ९मुद्दा किनारा नहुञ्जेल पुर्पक्ष थुनामा राख्न आदेश गरिएका० ७० प्रतिशतभन्दा बढी रहेका महासेठको भनाइ छ । कुनै पनि मुद्दा दुई वर्षभित्र किनारा लागिसक्नुपर्ने कानूनी व्यवस्था भए पनि कारागारमा पाँच वर्षभन्दा बढी समयदेखि थुनुवामा रहेका पनि छन् ।

कारागारमा बर्सेनि बाढीको समस्या खेपिँदै आइए पनि यसको सुधार र मर्र्मतसम्भारमा सरकारले ध्यान नदिएको लामो समयदेखि कारागारमा बस्दै आएका कैदीबन्दी बताउँछन् । कारागार यातनागृह नभई सुधारगृह भएको हुँदा कैदीबन्दीले मानवोचित सुविधा पाउनैपर्ने मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागार प्रशासन तथा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group