ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको समाचार कपोलकल्पित – निजी सचिवालय


एबीसी न्यूज
३१ असार २०७७, बुधबार   ९ : ४३   बजे

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा ५.५ मिलियन रहेको भनेर सार्बजनिक समाचार कपोलकल्पित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारपूर्ण र बदनियतका साथ गरिरहेको अन्यन्त भ्रामक, गलत र चरित्र हत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, प्रेस सल्लाहकार थापाले लेख्नु भएको छ ।  उहाले प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा खाता रहेको र ५.५ मिलियन डलर रहेको भन्ने समाचारमा सत्यता नभएको बताउनु भएको छ । ।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्व सक्रिय भएको पनि उल्लेख गर्नुभएको छ । ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको शाहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्ता महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिनुरहनुभएको निकै संवेदनशील बेला बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरु सक्रिय रहेको प्रष्ट नै छ’, थापाले प्रेस नोटमा लेख्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu