ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको कुटाईबाट कोरोना संक्रमित युवक गम्भीर


shreedhar Gautam
३१ असार २०७७, बुधबार   १० : ०३   बजे

सुर्खेत, ३१ असार । सुर्खेतमा एक कोरोना संक्रमित व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको बताइएको छ। भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा बस्दै आएका युवक सोमबारसँगै बसेका साथीहरूसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कुटपिट गरेका पीडितको भनाइ छ। असई पुनको कुटाइबाट युवक गम्भीर घाइते छन्। पीडित युवाले आफ्नो हात भाँचिएको बताएका छन्।

आफन्तले उपचारका लागि अस्पताल लिन माग गरेपनि स्थानीय तहलेसमेत बेवास्ता गरेर घटनालाई गुपचुप राखेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीकै उपस्थितिमा पीडित परिवार र प्रहरीबीच ‘कोरोना सन्चो भएपछि’ उपचार गर्ने सहमति गराइएको छ।

गाउँपालिका अध्यक्ष केसीले दुई सातादेखि क्वारेन्टिनमा रहेका युवकको सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको बताउनुभयो।

भारतबाटसँगै आएका उनका साथीहरूमा कोरोना देखिएन। उनी साथीसँगै घर जान खोज्दा क्वारेन्टिन सुरक्षामा खटिएका असई पुनले कुटपिट गरेका थिए।

इलाका प्रहरी कार्यालय बादेपिपलका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक नरबहादुर क्षेत्रीले गाउँपालिका अध्यक्षको उपस्थितिमा पीडित परिवारसँग सम्झौता भइसकेको बताउनुभयो । ‘कोरोना पोजेटिभ व्यक्तिलाई उपचार गराउनका लागि बाहिर लिन अहिले सम्भव नभएकाले सामान्य उपचार गरेर आइसोलेसनमा राखेका छौं,’ उहाँले भन्नुभयो , ‘कोरोना सञ्चो भएपछि उपचार गरिदिने गरेर पीडित परिवारसँग सहमति भइसकेको छ।’ उहाँले क्वारेन्टिनमै मदिरा सेवन गरेर भाग्न खोजेपछि प्रहरीले लाठीले हानेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group