काठमाडौं, २ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेरका लागि स्थगित भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्