ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सचिवालय बैठक : थप छलफल गर्दै पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने सहमति


एबीसी न्यूज
३ श्रावण २०७७, शनिबार   ७ : ४४   बजे


काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ । दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा लामो छलफलमा आन्तरिक मतभेद अन्त्य गर्ने विविध कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार ३ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठकमा सहमतिको सन्देश दिने उद्देश्यले बसेको सचिवालय बैठकमा संकट अन्त्यको विविध कोणबाट छलफल भएपनि ठोस सहमति भने नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । “पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्नेगरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो । बैठकमा अध्यक्षसहित नेताहरुले विभिन्न विचार प्रस्तुत गर्नुभएको र समस्याको समाधान सहमतिकै आधारमा निकालौं भन्ने भएको उहाँले बताउनुभयो ।

राम्रोसँग छलफल भएको छ, अझै व्यवस्थित ढंगले प्रस्तावहरु बैठकमा आएपछि थप छलफल हुने उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको जिज्ञासापछि नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको राजिनामाको विषयमा पत्रकारको प्रश्नको जवाफ त्यो विषय कुनै प्रस्ताव नबनेको र निर्णयार्थ प्रस्तुत पनि नभएको बताउनुभयो । भोलि स्थायी समितिको बैठक निर्धारित समयमै हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu