काठमाडौं, ४ साउन । आजका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।
अर्को बैठक ६ गतेका लागि बोलाइएको छ। ‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्