काठमाडौं, ४ साउन । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।
पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएको हो । शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा ओलीले महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले सहमति जनाउनु भएको थियो । यद्यपी प्रचण्डले वरिष्ठ नेता नेपाल र उहाँनिकटका स्थायी समिति सदस्यलाई आइतबार बिहान प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको ब्रिफिङ गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्