ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतालाई कायम राख्दै सहमति गर्न अध्यक्ष प्रचण्डलाई सुझाव


एबीसी न्यूज
५ श्रावण २०७७, सोमबार   २ : ३५   बजे

काठमाडौं, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानको प्रयास जारी रहेको बताउनुभएको छ । सोमबार विहान पूर्व नेकपा (माओवादी केन्द्र) का नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले  बताउनुभएको हो ।

खुमलटार निवासमा पूर्व माओवादीका स्थायी कमिटी सदस्य तथा अन्य नेताहरुलाई बोलाएर अध्यक्ष प्रचण्डले अहिलेसम्म भएको सहमतिको प्रयास, सचिवालय र दुई अध्यक्षबीचको छलफल र उपलब्धीका बारेमा छलफल गर्नुभएको पूर्व माओवादीका नेताहरुले बताउनुभएको छ । तर बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्ट भने काम विशेषले व्यस्त रहनुभएकाले उपस्थिति नरहेको स्रोतले बतायो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले विहान भेला भएपनि अहिलेसम्म भएको सहमतिको प्रयासबारेमा अध्यक्ष प्रचण्डले व्रिफिङ मात्र गर्नुभएको जानकारी दिनुभयो । “बैठक भएपछि अध्यक्षज्यूको कुरा सुन्ने र लागेको सुझाव दिने काम त भइहाल्छ नै, तर मूलतः वार्ता र बैठकमा भएका सहमतिको उपलब्धी र अवस्थाबारेमा प्रष्ट पार्नेकाम अध्यक्षज्यूले गर्नुभयो” नेता गुरुङ्ले भन्नुभयो ।

अध्यक्षबीचको सहमतिको प्रयासलाई सकारात्मकरुपमा लिंदै पार्टी एकतालाई कायम राख्दै सहमति गर्न सुझाव दिइएको बताउनुभयो । “पार्टीभित्र केही समस्या देखिए पनि सहमति जुटाउने प्रयास जारी छ, सहमति गरेरै अगाडि बढिन्छ” अध्यक्ष प्रचण्डले बैठकमा नेताहरुलाई भन्नुभएको गुरुङले जानकारी दिनुभयो ।

पार्टीमा गम्भीर समस्या उत्पन्न भएपनि त्यसको व्यवस्थापन गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष प्रचण्डले नेताहरुलाई दिलाउनुभएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच नियमितरुपमा बालुवाटारमा सहमतिका लागि वार्ता र संवाद भइरहेको छ । दुई अध्यक्षबीच सहमति कायम गर्न सहज होस् भनेर पार्टीको स्थायी कमिटी बैठक पटक पटक सारिएको छ । भोलि ६ गते ११ बजेका लागि पनि स्थायी कमिटी बैठक आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

सम्बन्धित

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu