काठमाडौं, ५ साउन । भदौ १ गतेदेखि आन्तरिक उडान खुलाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो े उहाका अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।
त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।
प्रतिक्रिया दिनुहोस्