ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काल बन्दै मनसुन : देशभर ठूलो संख्यामा मानवीय क्षति, करोडौको भौतिक पूर्वाधार नष्ट (भिडियोसहित)


एबीसी न्यूज
६ श्रावण २०७७, मंगलबार   ११ : १९   बजे

काठमाडौं, ६ साउन । केही दिनेदेखिको अविरल वर्षाका कारण देशभर ठूलो संख्यामा मानवीय क्षति भएको छ । प्रि मनसुन सुरु भएसगै बाढि पहिरोले सायौको अकालमै ज्यान लिएको छ । बाढीपहिरोको कारण ४ महिनामा मात्र १ सय १८ जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता छन भने ९० जना घाइते अवस्थाामा छन । यस्तै बाढि पहिरोको कारण कारोडौको क्षति भएको छ । पिडीतहरु घरबास उजाडिएको छ ।

नेपालको भौगोलिक बनावटकै कारण बर्षेनी बाढि पहिरोको कारण सयौंको अकालमै ज्यान जाने गरेको छ । प्राकृतिक एवं मानवीय क्रियाकलापको कारण पनि प्रकृतिक प्रकोपका घटनाहरु निरन्तर बढिरहेका छन । नेपालमा मनसुन सुरु भएसंगै धेरै स्थानमा बाढी, पहिरोको जोखिम वर्षेनी बढ्दै गएको छ । जसलाई न्युनिकरणको लागि ठोस कार्यदिशाको साथै पुर्वतयारी गर्न नसक्दा प्राकृतिक बिपद्ले धेरै धनजनको क्षति गराउने गरेको छ ।

मनसुन सुरु भएसंगै देशैभरका नदीमा बहाव बढ्नेक्रम सुरु भएको छ । देशका नदिहरु कन्काई, कोशी, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव उल्लेखिय बृद्धि भइरहेको छ ।  नारायणि बाढि नदीमा बहाव बढेसंगै उच्च सर्तकता अपनाउन जल तथा मौसम बिज्ञानले अनुरोध गरेको छ । आगामी ५ दिनसम्म वर्षाको मात्र बढ्ने भएकोले सजक हुने आवश्यक देखिएको छ ।

पछिल्लो केही दिन यता अविरल वर्षा हुने मौसम बिभागले बताइरहेको छ । जसको कारण कारण देशका विभिन्न ठाउमा बाढी, पहिरो र डुबान समेत पर्न सक्ने देखिन्छ । २०७७ बैशाख यता मात्र पहिरोका कारण ११३ जनाले ज्यान गुमाएका छन भने ४३ जना बेपत्ता छन । ८७ जना घाइेत भएको छ । यस्तै बाढिको कारण पनि ६ को मृत्यु र ६ जना बेपत्ता भएको छन भने ३ जना घाइते भएका छन । यसले के देखाउछ भने यसरी बाढि पहिरोको कारण सयौको ज्यान जानुको पछाडी विपद् जोखिम न्यूनीकरणमा ध्यान नै नदिनु देखिन्छ ।

पहिरो र बाढी डुबानको पूर्वतयारी एवं आवश्यक जागरण, सचेतनासमेत दिन नसक्दा वर्षेनी ठुलो परिणाममा धनजनको क्षति हुने गरेको छ । यद्यपी गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति संघ, प्रदेश र स्थानिय तहसम्म विभिन्न समिती रहेको र सम्भावित विपतको अध्ययन गर्दै पूर्वतयारीको काम गरिरहेको बताएको छ ।

अहिले पनि भौगोलिक बिकटताको कारण प्रकोप हुने बित्तिकै उद्धार तथा राहत समेत पुग्न सक्ने अवस्था छैन । पछिल्लो ४ महिनाको समयलँई हेर्ने हो भने बाढिबाट भन्दा पहिरोको कारण धेरैको ज्यान गएको छ । बाढिको लागि पुर्वसुचनाकै कारण धेरै कम देखिन्छ भने पहिरो सम्बधी अध्ययन नहुदा पहिरोले ज्यान गुमाउनेहरु बढिरहेका छन । यस्तै  प्रकोपबाट बाचेकाहरु समेत भगवान भरोमा बस्न बाध्य हुने गरेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group