काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई घण्टाका लागि पुनः स्थगित गरिएको छ । बैठक आजै दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
दुई अध्यक्षबीचको वार्ता र सहमतिको प्रयासका लागि समय अपुग भएकोभन्दै दुई घण्टाका लागि बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताउनुभयो ।
दुई अध्यक्षबीचको आन्तरिक विवादका कारण नेकपामा सहमतिको प्रयास जारी राखिएको छ । असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक अहिलेसम्म नियमित सूचीमा प्रवेश गर्न नसकेको नेताहरुको भनाई छ । असार २० देखि नियमित स्थायी कमिटी बैठक स्थगित हुँदैआएको छ ।
प्रतिक्रिया दिनुहोस्