ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालत पोखरामा बन्दाबन्दीमा ३०० मुद्दा


shreedhar Gautam
७ श्रावण २०७७, बुधबार   १ : १९   बजे

पोखरा, ७ साउन । बन्दाबन्दीमा उच्च अदालत पोखरामा २९९ मुद्दा परेका छन् । उच्च अदालतका कामु मुख्यन्यायाधीश किशोर सिलवालले न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना एवं उच्च अदालतको पोखराको आर्थिक वर्ष २०७६÷७७ मा अदालतबाट सम्पादन भएका गतिविधिका बारेमा पत्रकारहरुलाई सो विषयमा जानकारी गराउनुभएको हो । उक्त मुद्दामध्ये १८८ फछ्यौट भएका छन् ।

उहाँका अनुसार सरकारवादी फौजदारी १३३, बैंकिङ कसुरका ३८, बन्दी प्रत्यक्षीकरण ६, बेरीतको निवदेन ७३ र कैफियत प्रतिवेदन ४९ परेका छन् । असार १२ गतेपछि अदालतले १३ प्रकारका मुद्दाका प्रक्रिया अगाडि बढाउने निर्णयले कामको चाप पनि बढ्दै गएको उहाँले बताउनुभयो ।

उपरजिस्ट्रार विश्वनाथ अर्यालले बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड–१९ सम्बन्धी रिट निवेदन, मुद्दाको पुर्पक्षका लागि बालसुधारगृहमा रहेका नाबालकलाई अभिभावकको जिम्मामा लैजान परेका निवेदन असार १२ पछि हेर्न थालिएको जानकारी दिनुभयो । यो अवधिमा आठ नाबालक अभिभावकको जिम्मामा घर गएका छन् । पक्राउ पुर्जीको अनुमति दिने कार्य, बैंकिङ कसुर मुद्दाको म्याद थप र मुद्दाको अभियोगपत्र दर्ता गरी थुनछेक गर्ने कार्य यो अवधिमा भएको अर्यालको भनाइ छ । अर्यालका अनुसार नागरिक र कानून व्यवसायीको गुनासो बढेको र बन्दाबन्दी पनि केही खुकुलो भएपछि उच्च अदालत पोखराले साउन १ गतेबाट थप पाँच प्रकारका कारवाही पनि अगाडि बढाएको छ ।

सार्वजनिक बस नचलेका कारण मुद्दाका पक्ष मात्र होइन कर्मचारीसमेत सहजरूपमा कार्यालय आउन सकेका छैनन् । उच्च अदालत पोखराले एक वर्षभरिमा ७७३ मुद्दा किनारा लगाएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी एक हजार ६७० मध्ये अब ८९७ बाँकी छन् । अदालतले गत आवमा सबैभन्दा बढी सरकारवादी फौजदारी ४६८ मुद्दा फैसला गरेको छ । दुनियावादी फौजदारी ५८ र दुनियावादी देवानी १७५ मुद्दा किनारा लागेका छन् । वर्षभरिमा एक हजार ३५४ मुद्दा किनारा लगाउने अदालतको लक्ष्य थियो । तर लकडाउनका कारण लक्ष्यअनुसार काम हुन सकेन ।

उच्च अदालतले शुरु मुद्दा हेर्ने वाणिज्य इजलासमा १०३ मुद्दा रहेकामा वर्षभरिमा सातवटा मुद्दा किनारा लागेका छन् । उच्च अदालत पोखरामा अहिले बैंकिङ कसुरका मुद्दा बढेका छन् । यो वर्षमा मात्र बैंकिङ कसुरका ९५ मुद्दा दर्ता भएका छन् । अदालतमा छ न्यायाधीश र ६४ कर्मचारी कार्यरत छन् । वर्षभरिमा उच्च अदालतमा मेलमिलापका लागि १२७ मुद्दा दर्ता भए पनि सातवटा मिलापत्र भएका छन् भने १० वटा छलफलकै क्रममा छन् । एक सय १० मुद्दा फाँटमै फिर्ता भएका छन् । उच्चमा १८ जना सूचीकृत मेलमिलापकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group