ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणगढ– मुग्लिङ सडकखण्ड आज बेलुकीसम्म खुल्न सक्ने


एबीसी न्यूज
९ श्रावण २०७७, शुक्रबार   ९ : ०८   बजे

काठमाडौं, ९ साउन ।  नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मुग्लिङ प्रहरीले जनाएको छ ।

हिजोदेखि नै खुल्ने र बन्द हुने क्रम चलिरहेकोमा आज बिहान ४ बजेतिर चारकिलोमा पहिरो गएपछि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको हो ।

यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मुग्लिङ सडकखण्ड सञ्चालनमा आउन आज दिनभर नै लाग्ने भएको छ । तर लगातार पानी परेको र अरु साना पहिरो खस्ने, रुख ढल्ने भएकाले थप समस्या भएको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

आज लगातार काम गर्न सकिए बेलुकासम्म एकतर्फी नै भए पनि बाटो खुलाउन सकिने उहाँको भनाइ छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड अवरुद्ध भएको हो ।

अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । डाइभर्सन बगाएदेखि नै मुग्लिङ भएर धादिङ हुँदै काठमाडौं चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ ।

यसैबीच पहिरोका कारण नौबिसे, पालुङटार हुँदै हेटौँडा जाने सडकखण्ड पनि अवरुद्ध भएको छ । गएराति धादिङको सातघुम्तीमा पहिरो खसेपछि यो सडकखण्ड अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
यस्तै पहिरोका कारण अवरुद्ध बेनी जोमसोम कोरोला सडकखण्ड अझै खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो ।

लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन् । यो सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको हो ।

साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।

पहिरोका कारण अवरुद्ध यो सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै बेशी शहर चामे सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group