ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल नेपाल निर्माण पूरा गर्न निर्देशन : मन्त्री खतिवडा


एबीसी न्यूज
१२ श्रावण २०७७, सोमबार   ७ : ०२   बजे

काठमाडौं, १२ साउन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले डिजिटल नेपाल निर्माणको सपना साकार पार्ने गरी पारदर्शी ढङ्गबाट काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले सञ्चारको क्षेत्रमा धेरै नै विकास भए पनि अझै डिजिटल नेपाल भइनसकेकाले पूर्ण डिजिटल नेपाल निर्माणमा लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले मन्त्रालयको शाख बढाउँदै र सुरक्षा अपनाउँदै व्यवस्थित ढङ्गबाट डिजिटल प्रविधिबाट काम गर्न सबैलाई अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “आम सञ्चारको क्षेत्रमा धेरै विकास भएको छ, जसका कारण जनताले सुसूचीत हुने अवसर पाएका छन्, डिजिटलसम्म आउन धेरै विकास भएको छ, अझै काम गर्नुपर्ने छ ।” सञ्चार र प्रविधिको विकाससँगै विकृति पनि आएको बताउँदै उहाँले जनतालाई अलमलाउनेभन्दा पनि सुसूचीत हुने गरी छिटो तर सत्य, तथ्य, निश्पक्ष, विश्वसनीय समाचार सामग्री मात्र सम्प्रेषण गर्न आम सञ्चार माध्यमलाई अपिल गर्नुभयो ।

पूर्ण प्रेस स्वतन्त्रतासँगै मिडियाले जवाफदेहितालाई पनि मनन गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ छ । आज पद बहाली गर्नुभएका सचिव हरिप्रसाद बस्याललाई सञ्चारसम्बन्धी केही ऐन÷कानून निर्माणको प्रक्रियाका रहेका बताउँदै सबै क्षेत्रको छलफलका आधारमा त्यसलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।

सचिव बस्यालले प्रचलित ऐन÷कानूनको पालना गर्दै÷गराउँदै मन्त्रालयअन्तर्गत विभाग र सङ्घ÷संस्थाप्रतिको सकारात्मक भूमिका निर्वाह गर्दै आम विश्वासका साथ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दूरदराजका जनतासम्म सञ्चार र प्रविधिलाई विस्तार गर्नेगरी काम गर्ने उहाँको भनाइ छ । उमेर हदका कारण सेवा निवृत्त हुनुभएका सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्मा र हुलाक सेवा विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई आज बिदाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu