ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी कमिटी बैठक : नेताहरू बैठक सुचारू हुनुपर्ने भन्दै बालुवाटार पुगे


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   ११ : ५७   बजे

काठमाडौँ, १३ साउन ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार ११ बजेका लागि तय भएको बैठक स्थगित गरेको सूचना जारी गरे पनि नेकपाका शीर्ष नेतासहित स्थायी समिति सदस्यहरु बालुवाटार पुग्ने क्रम जारी छ।

बालुवाटारमा रहेका एक नेताका अनुसार साढे ११ बजेसम्म १२ जना नेता बालुवाटार प्रवेश गरिसकेका छन्।

प्रधानमन्त्री ओली बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेका थिए। तर प्रचण्ड–नेपाल पक्षका नेताहरू भने बैठक सुचारू हुनुपर्ने भन्दै बालुवाटार पुगेका छन्।

प्रचण्ड, बरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलसहित अन्य स्थायी समिति सदस्यहरू बैठक हलमै छन्।

हामी १५–२० जान साथीहरू बैठकस्थल मै छौं। बैठक स्थगित भएको जानकारी छैन, प्रवक्ता श्रेष्ठले बताउनु भयो ,हामी बैठकको पर्खाइमा छौं। उहाँले  भन्नुभयो ,

मंगलबार ११ बजेका लागि तय भएको बैठक साढे १० बजे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड नआएपछि बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतको दाबी छ।

प्रचण्ड निकट स्रोतले भने दुई अध्यक्षबीचमा फोनमा कुराकानी भइरहेको तर एकतर्फी बैठक स्थगित गरिएको दाबी गरेको छ।

दुई अध्यक्षबीच निरन्तर कुराकानी भइरहेको थियो। हामी बालुवाटार जाने तयारीमै थियौं, प्रचण्ड निकट स्रोतले भन्यो, हामीलाई जानकारी नदिइकन बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ, हामीलाई आधिकारिक जानकारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu