ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष प्रचण्डको निर्देशन


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   १ : १९   बजे


काठमाडौँ, १३ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो ।

चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ ।

सोही क्षेत्रबाट निर्वाचित दाहालले घटनालगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । ढकालले भन्नुभयो, “बजेटको व्यवस्थापन गरौँला, तत्काल उनीहरुको बासस्थानको व्यवस्थापन गर्नुस् भन्नुभएको छ ।” ढकालले एक महिनाभित्र माडी नगरपालिका–७ को गौरीगाउँमा उनीहरुको घर निर्माण गरिने बताउनुभयो । त्यहाँ रहेका अन्य सुकुम्वासीलाई नगरपालिकाका विभिन्न ठाउँमा राखिसकिएको छ ।

कुसुमखोला घटनापछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आफैँ पुगेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो, “घटना दुःखद हो । यसबाट अध्यक्ष दाहाल पनि चिन्तित हुनुहुन्छ ।” विस्थापित भएकालाई तत्काल बासस्थानको व्यवस्थापन गर्न नगरप्रमुख ढकाललाई अध्यक्ष प्रचण्डले भनिसक्नुभएको उहाँले बताउनुभयो ।

केही दिनअघि बाढीबाट प्रभावित भएका र नारायणी नदीको कटानको अवस्थाका बारेमा बुझ्न आउनुभएका पूर्वप्रधानमन्त्री दाहालले माडीका बाढी प्रभावितलाई समेत भेट गर्नुभएको थियो । दाहालको क्षेत्र भरतपुर महानगरको धेरै भाग र माडी नगरपालिका पर्दछ ।

माडीलाई मध्यवर्तीबाट हटाउन पहल

चितवन राष्ट्रिय निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ । माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा पर्दछ । नगरपालिकाले निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य भूभाग मध्यवर्तीबाट हटाउन पहल शुरु गरेको हो ।

मध्यवर्ती क्षेत्रमा हरेक विकास निर्माण, प्राकृतिक स्रोतसाधनको प्रयोग गर्दा निकुञ्जसँग अनुमति लिनुपर्ने बाध्यता भएपछि नगरपालिकाले हटाउन पहल थालेको हो । माडी नगरपालिका निकुञ्जले घेरिएको छ ।

नगरपालिकाका प्रमुख ढकाल नगरपालिकाको पूरै भाग मध्यवर्तीमा हुँदा विकास निर्माणका काम गर्न अप्ठ्यारो भएको बताउनुहुन्छ । हरेक काममा निकुञ्जका प्रमुख संरक्षण अधिकृतको अनुमति लिनुपर्ने र निकुञ्ज ऐन सक्रिय हुने हुँदा मध्यवर्तीबाहिर रहँदा जनताको हितमा काम गर्न सकिने उहाँको बुझाइ छ ।

नगरपालिकामा ढुङ्गा, गिट्टी, बालुवाको प्रशस्त स्रोत छ । मध्यवर्तीमै भएकै कारण नगरपालिकाले सहज उपभोग गर्न पाएको छैन । ढकाल भन्नुहुन्छ, “मध्यवर्तीबाट बाहिर जाँदै गर्दा प्राकृतिक स्रोतसाधन अधिकतम उपयोग गरी विकास निर्माण गर्न सकिन्छ ।” ढुङ्गा, गिट्टी, बालुवा माडीलाई पुगेर पनि अन्य स्थानीय तहमा बिक्री गर्न सकिने ढकालको भनाइ छ ।

यस्तै नगरपालिकाका पाँचवटा सामुदायिक वन अहिले मध्यवर्तीमा पर्दछन् । ती वन निकुञ्ज ऐनअन्तर्गत छन् । मध्यवर्तीबाट बाहिरिँदै गर्दा नगरपालिकाको नीतिनियमअनुसार चल्ने हुँदा वनको स्रोतसाधन प्रत्यक्ष जनताले उपभोग गर्न पाउने उहाँ बताउनुहुन्छ । यससँगै सार्वजनिक जग्गाको उपभोग, उद्योग कलकारखाना स्थापनालगायत धेरै विकासका काम सहजरूपमा अगाडि बढाउन सकिने उहाँले बताउनुभयो ।

हाल बहस उठिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को संशोधनले मात्रै जनता र निकुञ्जबीच द्वन्द्व नघट्ने ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ऐन संशोधन हुँदैमा सबै जनताको पक्षमा हुन्छ भन्ने छैन, मध्यवर्ती क्षेत्र घटाउनु नै अर्को विकल्प हो ।”

ऐनको दफा, ३ ‘क’को ९१० मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय निकुञ्ज वा आरक्षण वरिपरिको कुनै पनि क्षेत्रलाई चार किल्ला तोकी मध्यवर्ती क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ । ऐनको उपदफा ९२० मा ९१० बमोजिम तोकिएको मध्यवर्ती क्षेत्रको परित्याग, स्वामित्व हस्तान्तरण वा सिमाना हेरफेर नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम ३ मा मध्यवर्ती क्षेत्रको सीमाङ्कनमा ऐनको दफा ३ ९क० बमोजिम नेपाल सरकारले राष्ट्रिय निकुञ्ज वा आरक्ष वरपरको क्षेत्रलाई चार किल्ला खोली मध्यवर्ती क्षेत्र तोक्दा प्राकृतिक सिमानालाई मुख्य आधार बनाउनाका साथै चारवटा विषयलाई ध्यान दिनुपर्ने उल्लेख रहेको बताउनुहुन्छ । प्रभावित हुन सक्ने, भौगोलिक अवस्थिति, निकुञ्ज वा आरक्षभित्र पर्ने गाउँ वा बस्ती, मध्यवर्ती क्षेत्रको व्यवस्थापनको दृष्टिकोणले सरल र व्यावहारिक क्षेत्रलाई मध्यवर्ती तोक्नुपर्ने ऐनमा उल्लेख भएको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा तीन प्रदेश, चार जिल्ला र १२ पालिका पर्दछन् । निकुञ्ज २०३० सालमा स्थापना भएको हो भने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति २०५३ सालमा गठन भएको हो । नौ सय ५२।६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको आसपासमा ७२९।३७ वर्ग किलोमिटरमा मध्यवर्ती क्षेत्र फैलिएको छ । सोमध्ये माडी नगरपालिकाभित्र मात्रै २१८ वर्गकिलोमिटर पर्दछ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका छन् । व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल निकुञ्जको नियमावली, २०५२ र निर्देशिका, २०५६ संशोधन गरी मध्यवर्तीलाई स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकुञ्जमा मात्रै होइन, मध्यवर्तीमा पनि निकुञ्जको कानून चल्छ ।” यसबाट जनताका समस्या बुझ्न र बुझाउन नसकिएको उहाँको भनाइ छ ।

मध्यवर्ती क्षेत्र घटाएर मात्रै समस्याको समाधान नहुने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई शक्तिशाली हुने गरी नियमावली र निर्देशिका संशोधन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

विगतका वर्षमा निकुञ्ज र जनताबीच द्वन्द्व केही घटे पनि पछिल्लो समय फेरि बल्झिएको छ । निकुञ्ज प्रशासन र माडी नगरपालिकाको आ–आफ्नै अडान रहँदा समयसमयमा विवादहरु बाहिर आउने गरेका छन् ।

निकुञ्जको आम्दानीको आधा हिस्सा मध्यवर्ती क्षेत्रको विकासमा खर्च हुने व्यवस्था छ । निकुञ्ज हेर्न आउने पर्यटकहरु बस्ने हुँदा रत्ननगरको सौराहा, भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रका बासिन्दा र व्यवसाय गर्नेले लाभ लिँदै आएको भए पनि माडी नगरपालिकाका जनता वन्यजन्तुको पीडा र निकुञ्जको कानूनकै कारण कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group