काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।
उहाका अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ। सोमबार थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसहित नेपालमा हालसम्म १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएका छन्। आज थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भए सगै नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्