ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी समिति बहुमत सदस्यको बैठकमा को-को थिए उपस्थित ? सूचिसहित


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   ६ : ०२   बजे

काठमाडौं, १३ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक अर्का अध्यक्ष प्रचण्डसँग सहमतिबिना नै स्थगित गरेपछि प्रचण्ड–नेपाल पक्षका नेताहरूले बालुवाटारमा बैठक गरेका थिए ।

‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो। जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भन्नुभयो ।  आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।’ उहाले भन्नुभयो ।

श्रेष्ठले प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गरे पनि उहा नआएपछि आजको बैठक बसेको बताउनुभयो ।

पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको उहाले  बताउनुभयो ।‘सकभर सहमतिकै माध्यमबाट अहिलेको समस्या समाधान गर्न दुई अध्यक्षबीच छलफल हुन्छ। हामी पनि अध्यक्ष र अरू कमरेडसँग छलफल गर्छौं,’ ‘हामी हरहालतमा एकताको रक्षा गर्ने पक्षमा छौं। हतारमा छिटो–छिटो निर्णय गर्न चाहन्नौं।’ श्रेष्ठले  भन्नुभयो ।

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्यको  सहभागीता रहेको थियो ।

नाम सहित

  1. अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
  2. वरिष्ठ नेता माधव कुमार नेपाल
  3. वरिष्ठ नेता झलनाथ खनाल
  4. उपाध्यक्ष बामदेव गौतम
  5. प्रवक्ता नारायणकाजी श्रेष्ठ

स्थायी समिति सदस्यहरु

अष्टलक्ष्मी शाक्य

गणेश साह

गिरिराजमणि पोखरेल

गोकर्ण विष्ट

घनश्यम भुसाल

चक्रपाणि खनाल

जनार्दन शर्मा

देव बहादुर गुरुङ

देवेन्द्र पौडेल

पम्फा भुसाल

वर्षमान पुन

भीम प्रसाद आचार्य

भीम बहादुर रावल

मातृका प्रसाद यादव

मुकुन्द न्यौपाने

युवराज ज्ञावली

योगेश कुमार भट्टराई

रघुजी पन्त

रघुवीर महासेठ

लीलामणि पोखरेल

वेदुराम भुसाल

शक्ति बहादुर वस्नेत

सुरेन्द्र प्रसाद पाण्डे

हरिवोल गजुरेल

आमन्त्रीत

अमृत बोहोरा

विष्णु प्रकास श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu