ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैसेपाटीमा


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   ९ : ४१   बजे


काठमाडौं, १३ साउन । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गौतम निवास भैसेपाटी पुगेका पुग्नु भएको छ । प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल जानु भएको छ । ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बैठक संचालन गर्नुभएको थियो । नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड– नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले चाँडो एकता महाधिवेशन गरेर अध्यक्ष तथा साढे दुई वर्षपछि निर्वाचन गराएर प्रधानमन्त्री पद छोड्ने बताउँदै आउनु भएको छ । उपाध्यक्ष गौतमले मंगलबार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै आफूलाई ओलीको पक्षमा उपस्थिति देखाउनु भएको थियो । आज तीन नेताबीच भैंसेपाटीमै खाना खाने कार्यक्रम तय गरिएको नेकपा स्रोतले जनाएको छ । मंगलबार बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूले राखेको ६ बुँदे प्रस्तावबारे आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

मिडिया हाउसहरूमाथि नियोजित दबाबको आशंका: कान्तिपुर, अनलाइनखबर र हिमालय टीभीको गेटमा शंकास्पद गाडी पार्किङ, चौतर्फी निन्दा

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu