ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो : सिंहदरबार भित्रै पालना भएन स्वास्थ्य प्रोटोकल


एबीसी न्यूज
१७ श्रावण २०७७, शनिबार   ५ : २६   बजे

काठमाडौ १७ साउन ।  नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय १५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको हो ।

जसमा अहिलेसम्म आजसम्म १४ हजार ४ सय ९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । शनिबार मात्रै विभिन्न अस्पतालबाट ९३ जना जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरी सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश अनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभरीका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन ।

स्वास्थ्य मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकहरुको स्वाव संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरुलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

सिंहदरबार भित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले समेत सामाजिक दुरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गर्नुभयो । सहि तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उहाँले आग्रह गर्नुभयो । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहेपनि आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group