ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गर्ने आयोगको दाबी


sharan sharan
१९ मंसिर २०७४, मंगलबार   ४ : ५५   बजे

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने पनि जानकारी दिए ।
सकेसम्म एकैसाथ तीनवटै मतपत्रको गणना गर्ने गरि व्यवस्था गरिएको तर त्यसो हुन नसके सुरुमा प्रत्यक्षको गणना सक्ने र त्यसपछि समानुपातिकतर्फको गणना सुरु गरिने उनले बताए । मतपत्र सानो र छरितो भएकाले चार दिनमा प्रत्यक्षतर्फको गणना सकिने उनको भनाई छ । मतगणनामा शिक्षक बाहेकका सरकारी कर्मचारीलाई खटाइने र त्यसका लागि आवश्यक सवै कर्मचारीको तयारी तालिम र व्यवस्थापन भइसकेको उनले बताए । मंसिर १० गते चुनाव भएका ठाउँको गणना २१ गते बेलुका ५ बजे लगत्तै सुरु हुनेछ ।
गणनाका बेला मतपत्र कर्मचारीबाहेक कसैले छुन नपाउने

मतगणनाका बेला खटिएका कर्मचारीबाहेक दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । विगतमा मतपत्र नष्ट गर्ने गरेको पाइएकाले आयोगले यसपटक मतगणनास्थलमा कर्मचारी र दलका प्रतिनिधिबीच निश्चित दूरी बनाउन तारबार लगाउने वा टेबुललगायत सामान राखेर दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने व्यवस्था गरिएको आयुक्त पौड्यालले जानकारी दिए ।
आवश्यकता अनुसार मतगणनास्थलमा सिसिटीभीको ब्यवस्था गरिएको पनि आयोगले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group