ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट थप १ जनाको मृत्यु : वीरगञ्जमा २२ दिनमा मात्र १५ जना संक्रमितको ज्यान गयो


एबीसी न्यूज
२२ श्रावण २०७७, बिहिबार   ७ : ११   बजे


वीरगञ्ज, २२ साउन । वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहीबार विहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले शंकास्पद कोरोना रोगीको रुपमा वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचारकाक्रममा विहीबार बिहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि गर्नुभयो ।

बिहीबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी ती पुरुषमा श्वास प्रश्वासमा समस्या आएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना रोगीका रुपमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि बिहीबार विहान उपचारकै क्रममा मृत्यु भएको थियो । पर्सामा मृत्यु हुने सङ्क्रमितको संख्या १८ पुग्यो भने साउन महिनाका २२ दिनमा मात्र १५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group