ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट थप तीन जनाको मृत्यु : कोरोना सङ्क्रमणबाट मृत्यु हुने ७३ पुग्यो


एबीसी न्यूज
२४ श्रावण २०७७, शनिबार   ५ : २०   बजे


काठमाडौं, २४ साउन । कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको टोखा, बिराटनगर र बिरगंजमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ । यसअघि शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित पाँचजनाको मृत्युको पुष्टि भएको थियो।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा तीनैजनाको शुक्रबार नै निधन भएको जनाएको छ । टोखा–६ घर भएकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँ सघन उपचार कक्षमा राखेर उपचाररत रहँदा शुक्रबार बिहान निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

त्यसैगरी, बिरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधुमेह र दम रोगबाट पीडित उहाँको श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार अपरान्ह उहाँको निधन भएको हो ।

मन्त्रालयले शुक्रबार नै बिराटनगरको कोशी अस्पतालमा उपचाररत एकजना ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । उच्च रक्तचाप र निमोनिया भएर सप्तकोशी अस्पतालमा भर्ना भएका पुरुषलाई श्वास लिन कठीनाइ भएपछि कोशी अस्पताल, बिराटनगरमा थप उपचारका लागि पठाइएकोमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu