काठमाडौं, २५, साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । ८४ जना मध्ये चार जनाको स्वाबमा कोरोना संक्रमण देखिएको हो ।
तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक स्रोतले जनाएको छ । । स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिदै छ ।
प्रतिक्रिया दिनुहोस्