काठमाडौं, २५, साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाका अुनसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ९७२ जना पुगेको छ। यसैवीच आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र ललितपुरका २ जना छन्। उनीहरूको उपत्यकाका सात वटा प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्