ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीसीएमसीको निर्णय : आइसोलेशन र क्वरेण्टीनको सङ्ख्या बढाइने, भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र नखोल्ने


एबीसी न्यूज
२५ श्रावण २०७७, आइतबार   १० : २५   बजे

काठमाडौं, २५ साउन ।  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले देशभरि आइसोलेशन र क्वरेण्टीन अभाव देखिएकाले पालिकाको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइसोलेशनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो । पालिका र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन र क्वरेण्टीनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो ।  काठमाडौँमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

सिसिएमसीको स्रोतले यसबारे औपचारिक निर्णय भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group