काठमाडौं, २६ साउन । विश्वभर महामारीको रुपमा फैलिएका कोरोना भाइरस भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार बिहान सम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै र विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो रहेको छ ।
भारतमा कुल संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्