दैलेख, २६ साउन । दैलेखमा सोमबार कोरोना भाइरसका थप १७ जना संक्रमित भेटिएका छन् । नारायण नगरपालिकामा १४ जना र भैरवी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् ।
नारायण नगरपालिकाकमा १४ जना केही दिनअघि संक्रमण पुष्टि भएका बैंक, गैरसरकारी संस्थाका कर्मचारी र एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरु हुन् । संक्रमितको सम्पर्कमा आएका ३५ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार ती कर्मचारीको सम्पर्कमा आएका चार महिला र १० पुरुष रहेका छन् ।
योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ९५१ पुगेको छ । सोमबारसम्ममा ९०९ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । ४२ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्