काठमाडौं , २६ साउन । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
यसैवीच काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडौं जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् । संक्रमितहरुको पहिचान मन्त्रालयले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्