काठमाडौँ, २६ साउन । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको बताउनुभयो । उनको सोमबार कोरोना पुष्टि भएको हो । मृतक महिलाान निमोनिया तथा छातीको संक्रमण रहेको थियो । उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्