जनकपुरधाम, २७ साउन । धनुषाको जनकपुरधाममा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको क्रममा विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुुसार मृतक ब्यक्त १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए । उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्