काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्। यसैवीच काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्