ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुडभरी पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् ? यसरी भएको थियो ‘जोजो अपरेशन’


एबीसी न्यूज
२७ श्रावण २०७७, मंगलबार   ४ : ५९   बजे

काठमाडौं, २७ साउन । काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बीभत्स हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हानेर बोहराकोे बीभत्सरुपमा मत्या गरेको खुल्न आएको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वीचितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

जोजो नामको कुकुरको सहयोगमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिएको छ । घटना यही साउन २४ गते रातिको हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुटकेशभित्र रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएपछि परिसर र महाशाखाबाट अनुुसन्धानका लागि टोली खटिएको थियो । उक्त सुटकेश खोलेर हेर्दा भित्र टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अखनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनी यसअघि अभिनयसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदेखि श्रीमान्को सम्पर्कबाट बाहिर रहेकी उनी छोरा र छोरीको साथमा काठमाडौँ बस्दै आएकी थिइन् ।

यसरी भएको थियो ‘जोजो अपरेशन’

साउन २५ गते विहान रातो प्लाष्टिकले बेरेको नाम्लोसहितको कालो रङ्को सुटकेसभित्र टाउको र खुट्टा नभएको शव फेला पररेको थियो । तत्काल जोजो नामको तालिमप्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धानमा प्रहरी लाग्यो । तत्कालै कुकुरले सुटकेश भेटिएको अन्दाजी ३०० मिटर पूर्वउत्तरस्थित स्वर्गद्वारी मार्गको खाली जमिन छेउमा टाउको र खुट्टा पोको पारेर फालेको अवस्थामा फेला परेको थियो ।

मृतकको पहिचान नखुलेपछि प्रहरीले पहिचानका लागि तस्वीर सार्वजनिक ग¥यो । साउन २६ गते नै बोहराका मामा पर्नेले उनको सनाखत गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ । उनको घर रोल्पाको रुन्तीगढी गाउँपालिका–७ हो । हाल गोङ्गबुस्थित एक होटलमा बस्दै आएका थिए । उनी गार्मेन्टको सामान थोक बिक्री वितरणमा संलग्न थिए । प्रहरीको अनुसन्धान उनी विगत आठ महिनादेखि उक्त होटलमा बस्दै आएको खुलेको छ ।

उनीहरु बीच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आपूm अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, हत्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटनास्थलको दिनमा त्यही होटलमा बा ७२ प ५६४४ नम्बरको स्कुटरसमेत फेला परेपछि प्रहरीलाई तथ्य खोज्न सहज भएको थियो । घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो ।

शव व्यवस्थापनमा कठिनाई भएपछि छोरीसमेतलाई संलग्न गरेकी थिइन् । पानी परेकाले छोरीर्लाई छाता ओढाउन लगाए उनले सुटकेस बोकेर उनी त्यहाँ सुटकेस फ्याँकेर फर्किएकी थिइन् । भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदार रहेको बुझिएपनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।

प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group