ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ९ : ४९   बजे


काठमाडौं, २८ साउन ।  मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल न्युक्लियर सोसाइटीका अध्यक्ष डा कमलकृष्ण श्रेष्ठ, नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा बुद्धराम साह, विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, त्रिभुवन विश्व विद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन केन्द्रका प्रा डा निलम श्रेष्ठ प्रधान तथा नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका अध्यक्ष हेमन्त खरेलले युनियमको उत्खनन गरी व्यवस्थित प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

चिकित्सा विज्ञान अध्ययन संस्थान शिक्षण अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा उमेशप्रसाद खनालले स्वास्थ्य संस्थामा रेडियोलोजी विभागमा काम गर्नेहरु जोखिममा रहेको बताउनुभयो । एक्स रे, भिडियो एक्स रे र सिटिस्क्यान जस्ता यन्त्रको प्रयोग गर्दा अपनाइएको विधिका बारेमा अध्ययन गरिनुपर्ने उहाँको भनाइ थियो ।

रसिया साइन्स सोसाइटीका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साहले रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने विषय गहन भए पनि नेपालमा यस विषयमा गहन छलफल हुन नसकेकाले आरम्भ गरिएको बताउनुभयो । आफू विज्ञानमन्त्री भएका बेला सन् २००८ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी सदस्य भएर विश्व समुदायसँग जोडिएको उहाँले जानकारी दिनुभयो ।

सन् १९४५ को अगस्ट ६ र ९ मा जापानका दुई शहर हिरोसिमा तथा नागासाकीमा भएको आणविक बम बिस्फोटबाट भएको जनधनको सम्झनामा आयोजित कार्यक्रममा विज्ञान शिक्षक समाज र नेपाल साइन्स ओलम्पियाडको समेत सहकार्य एवं नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्कको प्राविधिक सहयोग रहेको सोसाइटीका महासचिव सुरेश भट्टराईले जानकारी दिनुभयो । जापानका ती शहरमा आणविक बम आक्रमणपछि मानव, वनस्पतिको जीवन दुर्लभ भएकाले आणविक पदार्थलाई व्यवस्थित गरिनुपर्ने विज्ञको भनाइ थियो ।

विश्वमा आणविक विज्ञानमा लगानी बढे पनि नेपालको ध्यान जान नसकेको, हालै रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने सम्बन्धी कानून बने पनि यसबाट हुने क्षतिका बारेमा पर्याप्त जानकारी नरहेकामा विज्ञहरुले जोड दिनुभएको थियो । विद्यालय तथा विश्वविद्यालय तहमा आणविक विज्ञानसम्बन्धी पाठ्यपुस्तक र पाठ्यक्रम वा पाठ्यांशसमेत पर्याप्त नभएको उहाँहरुको भनाइ थियो ।

आणविक विज्ञानसम्बन्धी अनुसन्धान तथा व्यावसायिक गतिविधिमा नेपालको संलग्नता र यसले नेपाली समाजको आर्थिक, सामाजिक विकासमा पर्ने सकारात्मक प्रभावको बारेमा विज्ञहरूले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu